INSEC Online

📅 २०८३ श्रावण १

बलात्कार कसुरमा १८ वर्ष कैद सजायको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले रौतामाई गाउँपालिका–५ का ५५ वर्षीय बलराम राईलाई १८ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश कृष्णप्रसाद सुवेदीको ०८० वैशाख २५ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैदसँगै ७ लाख रुपियाँ जरिबानाको आदेश भएको अदालतका श्रेस्तेदार धनबहादुर कार्कीले बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले ०७९ फागुन १ गते बलात्कार गरेको आरोपमा आरोपितविरूद्ध फागुन २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

आरोपितलाई प्रहरीले फागुन ३ गते घरबाटै गिरफ्तार गरी जिल्ला अदालतमा फागुन २८ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।

जिल्ला अदालतका न्यायाधीश कृष्णप्रसाद सुवेदीको फागुन २९ को इजलासले आरोपित पुर्पक्षका लागि थिए ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन २ गते गरिएको थियो ।

अन्य

भिडियो