दश वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्जु गाउँपालिका–१ का २६ वर्षीय प्रेमबहादुर गुरुङलाई गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०७९ वैशाख १० गते बलात्कार गरेकोध आरोपमा पीडित पक्षले आरोपितविरुद्ध असार ११ गते इलाका प्रहरी कार्यालय दुहवीमा उजुरी दिएको थियो ।
उजुरीलगत्तै फरार भएका आरोपितलाई ०८० वैशाख १४ गते दाङ्गको तुलसीपुरबाट गिरफ्तार गरिएको इन्स्पेक्टर दलकुमार राईले बताउनु भयो ।
पीडितको बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल इनरुवा अस्पतालमा ०७९ असार १० गते गरिएको छ ।