२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–६ का ३० वर्षीय रिजवान अञ्सारीलाई वैशाख १६ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले ज्यान मार्ने धम्की दिएर ०७४ सालदेखि बलात्कार गर्दै आएको र अन्तिम ०७९ फागुन १८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध ०८० वैशाख १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुुसन्धानका लागि विराटनगरबाट गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
पीडितको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा वैशाख १५ गते गरिएको छ ।