INSEC Online

📅 २०८३ श्रावण ६

बलात्कार घटनाको मुद्दा मुल्तबीमा

१९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा फरार रहेका हनुमाननगर कंकालिनी नगरपालिका–६ का ३५ वर्षीय अजाद मन्सुरीविरुद्धको मुद्दा वैशाख १२ गते मुल्तबीमा राख्ने फैसला भएको छ ।

जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले अराोपितविरुद्धको मुद्दा मुल्तबीमा राख्ने फैसला भएको सप्तरी जिल्ला अदालतले जनाएको छ ।

पीडितले इलाका प्रहरी कार्यालय कल्याणपुरमा ०७७ असोज २६ गते उजुरी दिनुभएको थियो । ललाइ फकाइ करकापमा पारी धाक धम्की  दिइ स्वास्थ्य चौकी छेउमा लगेर ०७७ साउन १९ गते आरोपितले बलात्कार गरेको पीडितले बताउनु भयो ।

पीडितको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ०७७ असोज २७ गते स्वास्थ्य परीक्षण भएको थियो । स्वास्थ्य परीक्षण पश्चात इलाका प्रहरी कार्यालय कल्याणपुरले पठाएको उजुरी जिल्ला प्रहरी कार्यालयले ०७७ कात्तिक ४ गते दर्ता गरेको थियो । आरोपित गिरफ्तार नभए पछि ०७८ असार २९ गते अदालतमा अभियोग पत्र दायर भएको थियो । आरोपित हालसम्म पनि फेला नपरे पछि मुद्दा मुल्तबीमा राख्ने फैसला भएको अदालतले जानकारी दिएको छ ।

अन्य

भिडियो