INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा विदुर नगरपालिका–१३ कल्याणपुरका २८ वर्षीय सागर थापालाई प्रहरीले ०८० वैशाख ११ गते गिरफ्तार गरेको छ ।

आरोपित थापाले ०७९ असोज २३ गते बलात्कार गरेको भन्दै पीडित महिलाले कात्तिक ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

पीडितको उजुरीपछि फरार रहेका थापालाई पिताको देहान्तपश्चात काजक्रिया गर्न घर आएको बेलामा गिरफ्तार गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

अदालतबाट थुनामा राख्ने अनुमति लिएर अनुसन्धान अघि बढाइएको डिएसपी खड्काले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक ६ गते त्रिशूली अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो