INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार  गरेको आरोपमा पीडित पक्षले  तुलसीपुर उपमनपा–१५ का ४५ वर्षीय मिताराम चौधरीविरूद्ध वैशाख १० गते  इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका छन ।

पीडितलाई आरोपितले कोठामा थुनेर वैशाख २ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले उजुरीमा उल्लेख गरेका छन् ।

घटनालगत्तै आरोपित फरार रहेकोले खोजी भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले जानकारी दिनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख ११ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ ।

अन्य

भिडियो