तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले उर्लावारी नगरपालिका–७ का १९ वर्षीय काकालाई वैशाख ८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८० वैशाख ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध सोही दिन इलाका प्रहरी कार्यालय उर्लावारीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्गलबारे अस्पतालमा वैशाख ८ गते गरिएको छ ।
त्यसैगरी चार बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मिक्लाजुङ गाउँपालिका–४ का १२ वर्षीय दाजुलाई वैशाख ८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई ०८० वैशाख ७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध वैशाख ८ गते इलाका प्रहरी कार्यालय मधुमल्लामा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जनकुमार दाहालले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्गलबारे अस्पतालमा वैशाख ८ गते गरिएको छ ।