INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन आयोगद्वारा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारसँग स्पष्टिकरण माग

निर्वाचन आयोगले मौन अवधिमा प्रचार प्रसार गरेको भन्दै तनहुँ क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्लेलाई स्पष्टिकरण सोधेको छ ।

आयोगको जिल्ला निर्वाचन आचार संहिता अनुगमन समिति तनहुँले वैशाख १० गते साँझ वाग्लेसँग स्पष्टिकरण माग गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार वाग्लेले निर्वाचनको दिन मतदातालाई प्रभावित पार्ने गरि उक्त पार्टीका सभापती रवि लामिछानेको फेसबुक स्टाटस शेयर गरेको हुँदा यस सम्बन्धमा २४ घन्टा भित्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गई स्पष्टिकरण पेश गर्न भनेको छ ।

अन्य

भिडियो