INSEC Online

📅 २०८३ जेष्ठ २१

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

एक महिलालाई दुर्व्यवहार गरेको आरोपमा भीमेश्वर नगरपालिका-८ का ३७ वर्षीय शम्भु कार्कीलाई जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरीले ०८० वैशाख ७ गते गिरफ्तार गरेको छ ।

फेसवुकको दुरुपयोग गरी महिलाको चरित्रहत्या गरेको भन्दै पीडित पक्षले वैशाख ६ गते जिल्ला प्रहरी  परिसर ललितपुरमा उजुरी दिएका थिए ।

उनको आइडीबाट महिलालाई अश्लिल भिडियो तथा फोटो परिवारलाई पठाइदिन्छु भनी धम्की दिने गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर धर्मेश यादवले बताउनु भयो ।

आरोपितले पीडित महिलालाई धम्की दिँदै रकम समेत मागेको अनुसन्धानबाट खुलेको इन्स्पेक्टर यादवले जानकारी दिनुभयो ।

घटनाको अनुसन्धान र कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको जिल्ला प्रहरी कार्यालय दोलखाका इन्स्पेक्टर धर्मेश यादवले बताउनु भयो ।

अन्य

भिडियो