निर्वाचन आयोगले मौन अवधिमा भोट मागेको भन्दै तनहुँ क्षेत्र नम्बर– १ का नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई स्पष्टिकरण मागेको छ ।
आयोगले निर्वाचनको दिन वैशाख १० गते भट्टराईसँग स्पष्टिकरण माग गरेको हो ।
भट्टराईले मौन अवधिमा मोवाइलको भ्वाइस म्यासेज मार्फत मत मागेर आचार संहिताको उल्लङ्घन गरेको भन्ने सूचना प्राप्त भएको हुँदा यस सम्बन्धमा २४ घन्टा भित्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गई स्पष्टिकरण पेश गर्न अनुरोध गरेको छ ।
