
२०८० वैशाख १० गते महागढीमाई नगरपालिका–१० स्थित भोला माध्यमिक विद्यालय मतदान स्थलमा बिहान ७ बजेदेखि मतदान सुरु भएको छ ।
मतदान बिहान ७ बजेबाट सुरु गरिएको मतदान केन्द्र “क” का अधिकृत समसुलहक मियाँले बताउनुभएको छ । यस मतदान केन्द्रमा स्थानीय ८० वर्षीय बसराज महतो कोइरी लगायतले मतदान गरेको छ ।
यसैगरी सोही मतदान स्थलको मतदान केन्द्र “ख” की मतदान अधिकृत संगितादेवी तेलीले बिहान बिहान ७ः५ बजेबाट मतदान सुरु गरिएको बताउनुभयो ।
यसैबिच सोही नगरपालिका–१० स्थित साविक गाविस भवनमा मतदान बिहान ७ बजेबाट सुरु भएको मतदान अधिकृत रामनरेश महतोले बताउनु भयो । कुल मतदाता ५ सय ९८ जना रहेकोमा १० जना पुरुष र २ जना महिलाले मतदान गरिसकेको र मतदान शान्तिपूर्ण रुपमा भइरहेको उहाँको भनाइ थियो ।
निर्वाचनको अनुगमन इन्सेक मभेस प्रदेश संयोजक राजु पासवान र इन्सेक बारा प्रतिनिधि भोलानाथ पौडेलले गरिरहेका छन् ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरि तीन सुरक्षा घेरामा निर्वाचन भइरहेको छ । मतदाताहरू मतदान गर्न उत्साहित देखिन्छन् ।
सवारी साधन पूर्ण रुपले बन्द गरेका कारण सर्वसाधारण मार्कामा परेका छन् ।

