INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शैल्यशिखर नगरपालिका–४ का ४९ वर्षीय विस्ने ठगुन्नालाई वैशाख ६ गते महाकाली नगरपालिका–४ खलंगाबाट गिरफ्तार गरेको छ ।

आरोपितले ०७९ चैत २९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख १ गते जिल्ला प्रहरी कार्यालय, दार्चुलामा उजुरी दिएका थिए ।

पीडितको उजुरीलगत्तै फरार रहेका ठगुन्नालाई खलंगाको बंगाबगडबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

गाउँमा घट्ना बाहिरिएपछि उनी फरार भएका थिए । पानी भर्न गएको समयमा आरोपितले बलात्कार गरेका र घटना सार्वजनिक भएपछि आरोपित फरार रहेका स्थानीयले बताए ।

आरोपितमाथि जिल्ला अदालत, दार्चुलाबाट म्याद थप गरी अनुसन्धान भइरहेको समेत इन्स्पेक्टर सिंहले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख १ गते जिल्ला अस्पताल, दार्चुलामा गरिएको छ ।

अन्य

भिडियो