INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीद्वारा गरिएको लाठीचार्जविरूद्ध मिटरब्याज पीडितको मानव अधिकार मार्चपास

आन्दोलनका क्रममा प्रहरीद्वारा गरिएको लाठीचार्जविरूद्ध मिटरब्याज पीडितहरूले बृहत् नागरिक आन्दोलनसँगको सहकार्यमा शान्तिबाटिकादेखि नयाँबानेश्वरसम्म ०८० वैशाख ६ गते मानव अधिकार मार्च प्रदर्शन गरेका छन् ।

०७९ वैशाख ४ गते आन्दोलनका क्रममा सिंहदरबार घेराउ गर्न जान लाग्दा शान्तिबाटिकामा रोक्ने क्रममा प्रहरीले दमन गरेको भन्दै मिटरब्याज पीडितले विभिन्न नारा लेखेका प्लेकार्ड र ब्यानर बोकेर मार्चपास गरेका हुन् ।

मार्चपासपछि आयोजित सभालाई सम्बोधन गर्दै अधिकारकर्मी नारायण वाग्लेले नागरिकलाई सुरक्षा दिनुपर्ने भूमिकामा रहेको प्रहरीले न्याय मग्न प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडितमाथि लाठीचार्ज गर्नु घटना गम्भीर मानव अधिकारको हनन् भएको उल्लेख गर्नुभयो ।

शान्तिबाटिकाबाट समातिएका पीडितहरूलाई प्रहरीले महेन्द्र पुलिस क्लबभित्र लगेर थप कुटपिट मात्र गरेन, उपचार गर्नुपर्ने बिरामीलाई दिनभरि हिरासतमा थुन्ने कार्य समेत गरेकाले छानविन गरी घटनाका दोषीहरूलाई कारबाही गर्न माग गर्नुभयो ।

त्यस्तै मिटरब्याज पीडित अभियन्ता मनोज खतिवडाले नागरिकले आन्दोलन गर्न पाउनु संवैधानिक अधिकार भएको भन्दै प्रतिकार गर्न खोज्दा प्रहरीले निर्ममतापूर्वक बल प्रयोग गरेको बताउनु भयो । उक्त क्रममा प्रहरीको कुटपिटबाट २० जनाभन्दा बढी सहकर्मी घाइते भएको खतिवडाको भनाई छ ।

प्रहरीसँगको झडपमा परि घाइते हुनुभएका अभियन्ता निर्घ नविनले मिटरब्याज पीडितहरू शान्तिपूर्ण ढङ्गले विरोध प्रदर्शनका निम्ति शान्तिबाटिकाबाट निस्कन लाग्दा प्रहरीले दमन गरेर लाठीचार्ज गरेको तथा महिलाहरूलाई लछारपछार गरेको बताउनु भयो ।

Photo_080-1-6_Kathmandu,,

Photo_080-1-6_Kathmandu

अन्य

भिडियो