१४ वर्षीया वालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–१४ का २१ वर्षीय दिपेन्द्र नेपालीलाई वैशाख ६ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले वैशाख ४ गते प्रलोभनमा पारेर तुलसीपुर उमनपा–१३ स्थित फूलवारीमा बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख ५ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए ।
आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख ५ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ ।