१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गङ्गाजमुना गाउँपालिका-३ का २२ वर्षीय ईमानसिंह गुरुङलाई प्रहरीले ०८० वैशाख ५ गते गिरफ्तार गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रमेश थापाका अनुसार आरोपितले बालिकालाई पटक पटक बलात्कार गरेको र पछिल्लो पटक ०७९ चैत २५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा अपहरण र बालिका बलात्कार गरेको भन्दै वैशाख ५ गते उजुरीे दर्ता गराएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख ५ गते धादिङ अस्पतालमा भयो ।
आरोपितलाई जिल्ला अदालतको आदेशले अनुसन्धानका लागि हिरासतमा राख्न ५ दिनको अनुमति दिएको इन्स्पेक्टर थापाले जानकारी दिनुभयो ।