जिल्ला निर्वाचन कार्यालयले उपनिर्वाचन हुने तनहुँ क्षेत्र नम्बर– १ का सबै वडामा मतदाता शिक्षा सञ्चालन गरिरहेको छ ।
कार्यालयले उक्त क्षेत्रको ४२ वटै वडामा दुई जना महिला स्वास्थ्य स्वयंसेविका मार्फत मतदाता शिक्षा सञ्चालन गरिरहेको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले बताउनुभयो ।
मतदाता शिक्षा कार्यक्रम गत वैशाख १ देखी सुरू भई ७ गतेसम्म सञ्चालन हुनेछ । प्रत्येक वडामा दुई जना महिला स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षा स्वयंसेवकको रूपमा खटाइएको जिल्ला निर्वाचन अधिकारी ढकालले बताउनुभयो ।
विगतको निर्वाचनमा मत बदरको संख्या धेरै भएको हुँदा मतदातालाई निर्वाचनको महत्व र मतदान गर्ने तरिका सिकाउने मतदाता शिक्षा अभियानको उद्देश्य रहेकोले मतदाता शिक्षा स्वयंसेवकले प्रत्येक वडाका सबै टोलमा पुगेर निर्वाचनको बारेमा जानकारी गराउने ढकालले बताउनु भयो ।
