INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उमनपा–१३ का ३५ वर्षीय आफन्तलाई वैशाख ३ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले विगत एक वर्षदेखि बलात्कार गर्दै आएको र पछिल्लो पटक ०७९ चैत ३० गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख २ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा प्रहरीले आरोपितलाई घरबाट गिरफ्तार गरी थप अनुसन्धान  थालिएको इप्रका लुलसीपुरका डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख २ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ  ।

अन्य

भिडियो