४० वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा बकैया गाउँपालिका–६, सुधाका ७७ वर्षीय दुध बहादुर बम्जनलाई प्रहरीले ०८० वैशाख २ गते गिरफ्तार गरेको छ ।
आरोपितले वैशाख २ गते पीडित महिलाको घरमै पुगेर बलात्कार गरेको भनी पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय हात्तीसुढेमा उजुरी दिए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण वैशाख २ गते स्थानीय स्वास्थ चौकी हात्तीसुढेमा भयो ।
पीडितको उजुरीको आधारमा प्रहरीले आरोपिलाई गिरफ्तार गरि वैशाख ३ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाएको इस्पेक्टर रामचन्द्र घिमिरेले बताउनु भयो ।