INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले उदयपुरगढी गाउँपालिका–५ का ५१ वर्षीय विक्रम गिरीलाई चैत १२ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले ०७९ चैत १० गते बलात्कार गरेको आरोपमा पीडितले आरोपितविरुद्ध सोही दिन इलाका जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आरोपितविरुद्ध प्रहरीले जिल्ला अदालतमा चैत ११ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको छ ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत १२ गते गरिएको छ ।

अन्य

भिडियो