INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपितलाई कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई १७ वर्षीय बालकले यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले चैत २९ गते तीन वर्ष चार महिना कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्याधीश लिलाराज अधिकारीको एकल इजलासले सो फैसला गरेको हो । आरोपितलाई कसुर ठहर गर्दै ५ वर्ष कैद सजाय भए पनि बालकको सजाय मिनाहा गरेर बालसुधार गृह पठाउने फैसला भएको हो ।

आरोपितले बालिकालाई ०७९ पुस ७ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले पुस ८ गते जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दिएका थिए । उजुरी दिएकै दिन आरोपितलाई जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको थियो ।

पुस ८ गते पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा भएको थियो ।

जिल्ला अदालतको आदेशमा आरोपित पुस २९ गते देखि पुर्पक्षका लागि थुनामा पठाएका छन् ।

अन्य

भिडियो