२२ वर्षीया महिलालाई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा तेमाल गाउँपालिका–३ सरमथलीका ५९ वर्षीय प्रेम लामा भन्ने ओमबहादुर तामाङलाई ०७९ चैत २७ गते काठमाडौँ महानगरपालिका–१५ भगवानपाउबाट गिरफ्तार गरेको छ ।
आरोपितविरूद्ध पीडित महिलाले ०५८ भदौ २१ गते जिल्ला प्रहरी कार्यालय काभ्रेमा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी उजुरी दिएकी थिइन् ।
पीडित महिलालाई ०५४ भदौ २१ गते पैसा कमाउने काममा लगाइदिन्छु भनी फकाई गाउँबाट काठमाडौँ हुँदै झुक्याएर भारतको दिल्लीस्थित ३ नं. कोठीमा लगेर बिक्री गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी ढुण्डीराज न्यौपानेले बताउनु भयो ।
आरोपितलाई जिल्ला प्रहरी कार्यालयले पहिलो पटकलाई सात दिन म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भइरहेको डिएसपी न्यौपानेले जानकारी दिनुभयो ।