INSEC Online

📅 २०८३ श्रावण ५

ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार

पनौती नगरपालिका–११ बलथलीकी ९४ वर्षीया कान्छीमाया थापाको घरायसी विवादमा हत्या गरेको आरोपमा छोरा ५४ वर्षीय विश्वबन्धु थापालाई प्रहरीले ०७९ चैत २९ गते गिरफ्तार गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार आरोपितले चैत २९ गते महिलालाई खुर्पाले टाउकोमा प्रहार गरेका थिए ।

घाइते महिलालाई उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा लगिएकोमा अस्पताल पुग्नासाथ पीडितको मृत्यु भएको थियो ।

पोष्टमार्टमका लागि शव धुलिखेल अस्पतालमा राखिएको छ ।

अन्य

भिडियो