२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मानेभञ्ज्याङ गाउँपालिका–२ वाक्साका ६० वर्षीय गोपाल कटवाललाई चैत २३ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले ०७९ फागुन २४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध चैत २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर देवेन्द्र दासले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत २३ गते गरिएको छ ।