INSEC Online

📅 २०८३ जेष्ठ २१

सामाजिक सुरक्षा भत्ता भत्ता बाँडेर निर्वाचनको प्रचार अभियान सुरू

तनहुँ क्षेत्र नम्बर १ का नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईले वडा कार्यालयले वितरण गर्ने सामाजिक सुरक्षा भत्ता बाँडेर आफ्नो प्रचार अभियान सुरू गर्नु भएको छ । ०७९ चैत २३ गते व्यास नगरपालिका– ११ मा भट्टराईले स्थानीय एक अपाङ्गता भएका व्यक्तिलाई वडा कार्यालय मार्फत प्रदान गरिने भत्ता बाँडेर आफ्नो चुनावी अभियान सुरू गर्नु भएको हो ।

चैत २३ गते ब्यास नगरपालिका– ११ को वडा कार्यालयले चैत २३ गते भत्ता वितरणको कार्यक्रम राखेको थियो । सोही क्रममा पुग्नु भएका भट्टराईले सोही वडाका अपाङ्गता भएका धर्मबहादुर अधिकारीलाई  भत्ता प्रदान गर्नु भएको थियो ।

चुनावका बेला मतदाता प्रभावित पार्न भट्टराईले वडा कार्यालय मार्फत वितरण गरिने भत्ता प्रदान गरेको भन्दै नेकपा एमाले तनहुँका उपाध्यक्ष हरिराज कंडेलले यो कार्य निर्वाचन आचार संहिताको उल्लंघन भएको बताउनु भएको छ । कडेंलले यसबारेमा आफुले मुख्य निर्वाचन अधिकृतको ध्यानाकर्षण गारएको बताउनु भयो । त्यस्तै नेकपा एमाले व्यास–११ का अध्यक्ष सञ्जय श्रेष्ठले पनि चुनावका बेला मतदाता प्रभावित पार्न खोजिएको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको बताउनु भयो ।

यस विषयमा वडाअध्यक्ष दलबहादुर दुरासँग सम्पर्क गर्दा आफू उक्त ठाउँमा नभएको र जानकारी नभएको बताउनु भयो । ‘आज भत्ता बाँड्ने कार्यक्रम थियो, म त्यता पुगेको थिइँन,’ उहाँले भन्नु भयो ।

मुख्य निर्वाचन अधिकृत कोमल प्रसाद आचार्यले सबैले निर्वाचन आचार संहितालाई कडाईका साथ कार्यान्वयन गर्नु पर्ने बताउनु भयो । ‘निर्वाचन आचार संहिता कानुनी र नैतिक बन्धन हो, यो सबैले पालना गर्नु पर्छ’ आचार्यले भन्नु भयो उहाँले निर्वाचन आचार संहिताको पालना नगर्दा कारवाही भएमा सम्बन्धित पक्ष आफै जिम्मेबार बन्नु पर्ने बताउनुभयो ।

bhatta bitaran

अन्य

भिडियो