INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसुरमा सात वर्ष कैद सजाय

३५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा तिरहुत गाउँपालिका–१ का ४५ वर्षीय भरत सोनारलाई ०७९ चैत २२ गते ७ वर्ष कैद सजाय भएको छ ।
न्यायाधीश लालकाजी श्रेष्ठको इजलाशले आरोपितलाई कसुर ठहर गर्दै ७ वर्ष कैद सजायका साथै १ लाख रुपियाँ जरिवाना तिर्नुपर्ने र १ हजार ३ सय रुपियाँ फौजदारी कसुर पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला गरेको छ ।

पीडितका पति रोजगारीका लागि भारतमा र सासु विवाहमा गएको बेला घरमा सुतिरहेकी पीडितलाई ०७६ चैत १ गते आरोपितले बलात्कार गरेको भन्दै पीडितले ०७६ चैत २ गते प्रहरी चौकी त्रिकोलमा उजुरी गर्नुभएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ०७६ चैत ४ गते भएको थियो । जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी ०७६ चैत ५ गते दर्ता भएको थियो । जिल्ला अदालतमा ०७७ फागुन १२ गते अभियोग पत्र दायर भएकोमा अदालतले फरार आरोपितविरुद्ध वारेण्ट पुर्जी जारी गरेको थियो ।
जिल्ला अदालतमा २०७८ चैत २३ गते हाजिर भएका आरोपित अदालतको आदेशमा सोही दिनदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

अन्य

भिडियो