INSEC Online

📅 २०८३ जेष्ठ २१

बालविवाह गरेको कसुरमा तीन महिना कैद सजाय फैसला

१३ वर्षीया बालिकालाई रत्ननगर नगरपालिका-१३ बस्ने ३० वर्षीय आर्यन परियारले बालविवाह गरेको कसुरमा न्यायाधीश नारायण पौडेलको इजलासले आर्यन र ५० वर्षीया सरोजा परियारलाई ०७९ चैत २२ गते तीन महिना कैद सजाय र ३० हजार रुपियाँ जरिबाना भराउने फैसला गरेको अदालतका श्रेष्तेदार सूचना अधिकारी इश्वर आचार्यले बताउनु भयो ।

०७८ वैशाख २४ गते आर्यन परियारसँग विवाह गरिदिएको र विवाह पश्चात पति परियार, सासु सरोजा परियारले घरमा बस्न खान समेत नदिई निकाला गरेको भन्दै पीडितको फुपू शोभा दर्जीले जिल्ला प्रहरी कार्यालय चितवनमा जेठ २ गते बालविवाह अन्तर्गत उजुरी दिनुभएको थियो ।

आर्यन र सरोजा ०७८ जेठ २ गते गिरफ्तार भएका थिए ।

अन्य

भिडियो