INSEC Online

📅 २०८३ श्रावण ६

बलात्कार कसुरमा १८ वर्ष कैद सजाय

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा रूपनी गाउँपालिका–१ का ४२ वर्षीय हरहा भनिने बलराम मण्डललाई चैत २१ गते १८ वर्ष कैद सजाय भएको छ ।

जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलाशले मण्डललाई कसुर ठहर गर्दै १८ वर्ष कैद सजायका साथै ६ लाख रुपियाँ जरिवाना तिराउने, १ लाख रुपियाँ क्षतिपूर्ति भराउने र फौजदारी कसुर पीडित राहत कोषमा २ हजार २ सय रुपियाँ जम्मा गर्न लगाउने फैसला भएको सूचना अधिकारी भरतमणि पोखरेलले बताउनु भयो ।

रूपनी गाउँपालिका–२ पौवामा २०७८ माघ २४ गते राति डरत्रास देखाई पीडितलाई बलात्कार गरेको भन्दै पीडितकी ३५ वर्षीया आमाले जिल्ला प्रहरी कार्यालयमा ०७८ माघ २५ गते उजुरी दिनुभएको थियो ।

आरोपित ०७८ माघ २५ गते गिरफ्तार भएका थिए । जिल्ला प्रहरी कार्यालयले ०७८ माघ २६ गते उजुरी दर्ता गरेको थियो । जिल्ला अदालतमा ०७८ फागुन २२ गते अभियोजन पत्र दायर भएको थियो । जिल्ला न्यायाधीश रिताकुमारी बख्रेलको इजलाशले ०७८ फागुन २३ गतेदेखि आरोपित पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

अन्य

भिडियो