माङ्सेबुङ गाउँपालिका–५ को वडा कार्यालयमा चैत ९ गते आगजनी गरेको आरोपमा प्रहरीले माङ्सेबुङ गाउँपालिका–३ का ३९ वर्षीय आशिष भनिने हस्तबहादुर राईलाई प्रहरीले चैत २१ गते गिरफ्तार गरेको छ ।
वडा कार्यालयमा आगजनी गरेको आरोपमा हस्तबहादुरलाई अनुसन्धानका लागि चैत २१ गते घरबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
वडा कार्यालयमा आगजनीपछि आरोपितले वडा कार्यालयको कम्प्युटर, माउस, राउटर, चोरी गरेको प्रहरीको आरोप छ ।
आरोपितलाई गिरफ्तार गर्ने क्रममा कम्प्युटरका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।