बालविवाह गरेको आरोपमा प्रहरीले दुई जना बालबालिका र विवाह गराउन सहयोग गरेको आरोपमा एक जना गरी तीन जनालाई चैत २१ गते गिरफ्तार गरेको छ ।
गिरफ्तार हुनेहरूमा बंगलाचुली गाउँपालिका–४ की १५ वर्षीया बालिका र बंगलाचुली गाउँपालिका–८ का १७ वर्षीय बालक र आफन्त ३० वर्षीया महिला रहेका छन् ।
बलबालिकाहरू परिवारको सल्लाहमा चैत १९ गते विवाह गराइदिएको सूचनाका आधारमा प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजनकुमार गौतमले बताउनु भयो ।
डिएसपी गौतमका अनुसार बालविवाह सम्वन्धी मुद्दा चलाउने तयारी भइरहेको छ ।