INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले शान्तिनगर गाउँपालिका–६ घर भइ शिवशक्ति माविका शिक्षक ३५ वर्षीय खुमानन्द पौडेलविरूद्ध चैत २१ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका छन ।

पीडितलाई आरोपितले चैत २० गते बलात्कार गरेको भन्दै उजुरी दर्ता भएको इलाका प्रहरी कार्यालयका डिएसपी पुष्पराज मल्लले बताउनु भयो ।

छात्रावास हेरचाहकोसमेत जिम्मेवारी पाएका शिक्षकले एसइइ दिन छात्रावासमै बसेकी बालिकालाई बलात्कार गरेको पीडित पक्षले बताएका छन् ।

घटनालगत्तै आरोपित शिक्षक फरार भएको र खोजी भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी मल्लले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत २१ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ ।

अन्य

भिडियो