INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाको कसुरमा कैदको फैसला

एक ६ वर्षीया बालिकालाई १५ वर्षीया बालकले बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले १२ वर्ष ६ महिना कैदको फैसला चैत २० गते गरेको छ ।

जिल्ला अदालतका न्याधीश लिलाराज अधिकारीको एकल इजलाशले सो फैसला गरेको हो ।

पीडित बालिकालाई ०७९ असार २५ गते बलात्कार गरेको आरोपमा आरोपित बिरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा असार २५ गते उजुरी दिएका थिए । बालिकाको स्वास्थ्य परीक्षण लहान स्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा असार २५ गते भएको थियो ।

इलाका प्रहरी कार्यालय लहानले आरोपितलाई असार २५ गते गिरफतार गरी कारबाही प्रक्रिया अगाडी बढाएको थियो भने जिल्ला अदालतको आदेशमा आरोपित साउन १६ गते देखि पुर्पक्षका लागि बालसुधारगृह पर्सामा छन् ।

अन्य

भिडियो