जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष छिन्नमस्ता गाउँपालिका–२ मोहनपुरका ४० वर्षीय केदार प्रसाद यादवलाई चैत २१ गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा इन्स्पेक्टर नबिन थापा मगरले हातपात गरी दायाँ आँखी भौ फुटालेको भन्दै जसपाका नेता कार्यकर्ताहरूले राजविराजमा विरोध प्रदर्शन गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय अगाडि सडकमा टायर बालेर नाराबाजी र ढुंगामुढा गर्दै प्रदर्शनकारीले दोषी प्रहरीमाथि कारबाहीको माँग गरेका छन् । घाइते यादवको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भएको छ । घाइते यादवका अनुसार इन्स्पेक्टरले दुर्व्यवहार गर्दै मुक्काले प्रहार गरेको बताउनु भएको छ ।
महिला नुहाउँदै गरेको टिकटक बनाएर शेयर गरेको आरोपमा नियन्त्रणमा लिइएका आरोपितको अनुसन्धान नसकी छाड्न नमिल्ने प्रहरीले बताए पछि चर्काचर्की भएको र ठेलाठेल हुँदा ठोक्किएर यादवलाई चोट लागेको प्रहरीले जनाएको छ ।
जिल्ला समन्वय समितिमा चैत २१ गते साँझ बसेको सर्बदलिय बैठकले इन्स्पेक्टर मगर र संलग्न अन्य चार जना प्रहरी जवानलाई निलम्बन गरी अन्यत्र जिल्ला पठाउनु पर्ने, घाइतेको उपचार र आवश्यक क्षतिपूर्ति दिनुपर्ने माँग गरेको छ । जिल्ला प्रशासन कार्यालयसमक्ष २४ घण्टाभित्र माँग सम्बोधन गर्न ज्ञापन पत्र बुझाउने र माँग पुरा नभएमा आन्दोलनका कार्यक्रम घोषणा गर्ने बैठकले चेतावनी दिएको छ ।
उक्त घटनाको समाचार सङ्कलनमा गएका पत्रकारहरूलाई प्रहरी कार्यालय प्रवेशमा रोक लगाई सूचना सङ्कलनमा अवरोध पुर्याएर स्वतन्त्र प्रेसमाथि हस्तक्षेप गरेको ठहर गर्दै नेपाल पत्रकार महासङ्घ सप्तरीले खेद व्यक्त गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ ।

विद्यार्थीमा अनौठो समस्या देखिएपछि तीन दिन विद्यालय बन्द
विद्यार्थीहरू अचानक बरबराउने, काम्ने र बेहोस भएर लड्ने गर्न थालेपछि