INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटना कसुरमा नौ वर्ष कैद

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा बिष्णुपुर गाउँपालिका–२ सिम्राहा सिंग्यौनका ५७ वर्षीय सोनेलाल यादवलाई चैत २० गते नौ वर्ष कैद सजायको फैसला भएको छ ।

जिल्ला न्यायाधीश रमेशप्रसाद ज्ञवालीको इजलाशले यादवलाई कैद सजायका साथै एक लाख रुपियाँ जरिवाना तिराउने र फौजदारी कसुर पीडित राहत कोषमा १ हजार ८ सय रुपियाँ भराउने फैसला गरेको सूचना अधिकारी भरतमणि पोखरेलले बताउनु भयो ।

आरोपितले ०७६ जेठ १ गते साँझ भैंसी चराउन गएका बेला यौन दुर्व्यवहार गरेको भन्दै निजकी आमाले जिल्ला प्रहरी कार्यालयमा ०७६ जेठ २ गते उजुरी दिनुभएको थियो । जिल्ला प्रहरी कार्यालयले जेठ २ गते उजुरी दर्ता गरेको थियो ।

पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ०७६ जेठ २ गते स्वास्थ्य परिक्षण भएको थियो । फरार रहेका आरोपितविरुद्ध अदालतमा ०७७ वैशाख ३० गते अभियोगपत्र दायर भएको थियो ।

अन्य

भिडियो