INSEC Online

📅 २०८३ जेष्ठ २१

तनहुँ क्षेत्र नं १ मा नौ दलद्वारा उम्मेदवारी दर्ता, उम्मेदवारी दर्ता शान्तिपूर्ण

क्षेत्र नम्बर १ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनको लागि नौ राजनीतिक दलद्वारा उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारी दर्ता शान्तिपूर्ण भएको प्रहरीले जनाएको छ ।

निर्वाचन कार्यतालिका अनुसार चैत २० गते उम्मेदवरको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको थियो । नौ राजनीतिक दलका उम्मेदवरहरूले बिहान १० बजेदेखि साँझ ५ बजे भित्र मनोनयन दर्ता गराउनु भएको तनहुँका मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिनु भयो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेकपा एमालेबाट सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापती, राष्ट्रिय जनमुक्ति पार्टीबाट पुर्णबहादुर राना, मङ्गोल नेशनल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नागरिक उन्मुक्ति पार्टीबाट भिमबहादुर सुनार र नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) बाट गणेश श्रेष्ठले उम्मेदवारी दर्ता गराउनु भएको थियो । नौ जना उम्मेदवाएक जना महिला रहनु भएको छ ।

उम्मेदवारी दर्ताको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दलहररूको लागि छुट्टाछुट्टै समय निर्धारण गरेको थियो । निर्वाचन आयोगले उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा उम्मेदवार, प्रस्तावक र समर्थक सहित २५ जना भन्दा बढीको जुलुस लिएर जान नपाइने निर्देशन दिएपनि नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले नारा लगाउँदै सयौंको सङ्ख्यामा जुलुस प्रदर्शन गरेका थिए ।

photo20230404tanahu (1)

photo20230404tanahu (2)

photo20230404tanahu (3)

photo20230404tanahu (4)

photo20230404tanahu (5)

अन्य

भिडियो