INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्य बिमाको पहुँच नागरिकस्तरसम्म पुर्‍याउँदै जगदुल्ला गाउँपालिका

स्वास्थ्य बिमाको पहुँच नागरिकसम्म पुर्‍याउने उद्देश्यले जगदुल्ला गाउँपालिकाले सबै नागरिकको स्वास्थ्य बिमा गरिदिएको छ ।

इन्सेक अनलाईनमा ०७९ फागुन २८ गते स्वास्थ्य बिमाको पहुँच बाहिर डोल्पाका नागरिक शिर्षकमा समाचार प्रकाशन भएको थियो । समाचार प्रकाशन भएको एकसातापछि समाचारको प्रभावले आफ्ना नागरिकलाई स्वास्थ्य बिमाको पुहँचमा पुर्‍याउन निशुल्क बिमा अभियान चलाएको गाँउपालिका अध्यक्ष नारासिं रोकायले बताउनु भयो ।

जगदुल्ला गाउँपालिकाले सबै घरपरिवारको निशुल्क स्वास्थ्य बिमा गरिदिएपछि नागरिकको पहुँच स्वास्थ्य बिमामा पुगेको हो ।
बिमा कार्यक्रमको महत्व र फाइदा बुझेर गाउँपालिकाका सबै घरधुरी समेटिने गरी स्वास्थ्य बिमा गरिएको छ ।

बिमा कार्यक्रममा आवद्ध सबैले बिमामार्फत बिभिन्न सेवासुबिधा पाउने र आवद्धता शुल्क समेत गाउँपालिकाले नै एकमुष्ठ तिरेर एकैपटक पाँच सय उनन्साठ्ठी घरपरिवारको स्वास्थ्य बिमा गरिएको गाउँपालिका अध्यक्ष रोकायले जानकारी दिनु भयो ।

जगदुल्ला गाउँपालिकाले स्वास्थ्य बिमाका लागि १९ लाख २८ हजार ८५० रुपियाँ स्वास्थ्य बिमा वोर्डलाई भुक्तानी गरेको छ । समुदायस्तरमा कार्यक्रमको महत्व र फाईदावारे सर्वसाधारणले नबुझेकै कारण डोल्पामा बिमितको संख्या बढ्न नसकेको अवस्थामा जगदुल्लाले आफैले बिमा गराएर स्वास्थ्य

बिमाको पहुँचमा नागरिकलाई ल्याउने प्रयास राम्रो भएको स्वास्थ्य बिमा बोर्डका जिल्ला संयोजक राजनकुमार डाँगीले बताउनु भयो ।

स्वास्थ्य बिमा कार्यक्रम धेरै राम्रो भएकाले सबै स्थानीय तहले जगदुल्ला गाउँपालिकालाई अनुसरण गरेर सबै नागरिकलाई यस कार्यक्रममा सहभागि गराउनुपर्ने गाउँपालिका निमित्त प्रमुख प्रशासकीय केशवराज जैसीले बताउनु भयो ।

अन्य

भिडियो