INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपितहरू २३ वर्ष पछि गिरफ्तार

हत्या घटनाको २३ वर्ष पछि प्रहरीले अग्नीसाइर कृष्णसवरन गाउँपालिका–५ बकधुवा घर भई सप्तकोशी नगरपालिका–१० कमलपुर बस्ने ६८ वर्षीय बेचन यादवलाई चैत १९ गते गिरफ्तार गरेको छ ।
यादवसहितका आरोपितहरूले ०५६ साल जेठ १२ गते गरेको कुटपिटबाट घाइते ६२ वर्षीया ठकनी देवी यादवको ०५६ जेठ १९ गते मृत्यु भएको थियो ।
गिरफ्तार बेचन र हाजिर भएकी सप्तकोशी नगरपालिका–१० की ४९ वर्षीया बुचिया देवी यादव भनिने बुधनी देवी यादवलाई अदालतले जनही ५० हजार रुपियाँ धरौटीमा पुर्पक्षका लागि तारेखमा रिहा गरेको छ ।
कुटपिटबाट घाइते पीडितले स्वयम् ०५६ जेठ १८ गते इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजुरी दिनुभएको थियो । त्यस अघि पीडितले प्रहरी चौकी महुलीमा शान्ति सुरक्षाका लागि निवेदन दिनुभएको थियो ।
घाइते पीडितको प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनरुपमा उपचार गरी घरमा लगी औषधि सेवन गरी बसेकोमा ०५६ जेठ १९ गते राति मृत्यु भएको थियो । मृतकका छोरा धनराज यादवले बुचिया देवी, बेचन, बेचनका छोरा १६ वर्षीय सुरेन्द्र यादव र अग्नीसाइर कृष्णसवरन गाउँपालिका–५ बकधुवाकी ३६ वर्षीया तारादेवी यादवविरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनरुपमा जेठ २० गते उजुरी दिनुभएको थियो ।
इलाका प्रहरी कार्यालय कञ्चनरुपले ०५६ जेठ २० गते उजुरी दर्ता गरेको थियो । शवको पोष्टमार्टम ०५६ जेठ २० गते सगरमाथा अञ्चल अस्पताल राजविराजमा भएको थियो ।

अन्य

भिडियो