INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा पाँच महिना कैद सजाय फैसला

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा चितवन अदालतका न्यायाधीश रितेन्द्र थापाको इजलासले गैडाकोट नगरपालिका-८ बस्ने २८ वर्षीय कुमार सापकोटालाई पाँच महिना कैद सजाय हुने फैसला गरेको छ । ०७९ चैत १९ गतेको इजलासले उक्त फैसला गरेको अदालतका श्रेष्तेदार इश्वर आचार्यले बताउनु भयो ।

०७९ पुस ९ गते खैरहनी नगरपालिका-४ स्थित कङ्काली सामुदायिक वनमा वनभोज खानेक्रममा सापकोटाले पिकनिक खाएर फर्कँदै गर्दा बसमा यौन दुर्व्यवहार गरेको भनी पीडित पक्षले पुस ११ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएका थिए ।

बालिकाको स्वास्थ्य परीक्षण पुस ११ गते भरतपुर अस्पतालमा भएको थियो ।

सापकोटा सोही दिन गिरफ्तार भएका थिए ।

अन्य

भिडियो