राप्ती नगरपालिका-११ सिमलडाँडा बस्ने ३५ वर्षीया अस्मिता चेपाङको सुत्केरी पश्चात ०७९ चैत १८ गते मृत्यु भएको छ । शिशुलाई जन्म दिएपछि चेपाङको मृत्यु भएको राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाले जानकारी दिनुभयो ।
पाठेघर बाहिर निस्किएर उच्च रक्तस्रावका कारण मृत्यु भएको लामाले भन्नुभयो ।
सुत्केरी हुन स्वास्थ्य संस्था जाउँ भन्दा नमानेर घरमै सुत्केरी हुँदा उनको मृत्यु भएको प्रमुख लामाले बताउनु भयो ।
नगरपालिकाका स्वास्थ्य शाखा सहसंयोजक राममणि सिलवालले शालनाल जबरर्जस्ती निकाल्न खोज्दा मृत्यु भएको बताउनु भयो ।
शिशुको स्वास्थ्य अवस्था भने राम्रो रहेको सिलवालले बताउनु भयो ।