INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या आरोपमा पति गिरफ्तार

बर्जु गाउँपालिका–३ की ३५ वर्षीया चन्द्रकला रायलाई घरायसी विवादका क्रममा कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ४२ वर्षीय पति शैलेन्द्रकुमार रायलाई चैत १० गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले घरायसी विवादका क्रममा ०७९ फागुन ३० गते कुटपिट गरी घाइते बनाएका थिए ।

पीडितको कोशी अस्पताल विराटनगरमा फागुन ३० गतेदेखि उपचार भइरहेको अवस्थामा चैत ८ गते मृत्यु भएको थियो ।

पीडितको मृत्यु भएपछि पीडितका माइतीले आरोपितविरुद्ध चैत १० गते इलाका प्रहरी कार्यालय दुहवीमा उजुरी दिएका थिए ।

शवको पोष्टमार्टम चैत ८ गते कोशी अस्पतालमा गरिएको थियो ।

पीडित पक्षले सोही दिन शव बुझी वर्जु गाउँपालिका–३ स्थित खोलामा सद्गत गरेको थियो ।

अन्य

भिडियो