१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा आरोपमा प्रहरीले इटहरी उपमहानगरपालिका–२० का २१ वर्षीय उज्जवल माझीलाई चैत १७ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले ०७९ चैत १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध चैत १० गते इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्लाका प्रहरी कार्यालयका इन्स्पेक्टर दलकुमार राईले बताउनु भयो ।
पीडितको युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल इनरुवा अस्पातलमा चैत १० गते गरिएको छ ।