INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

६१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जना आरोपितलाई चैत १५ गते गिरफ्तार गरेको छ ।

गिरफ्तार हुनेहरूमा रुपन्देही जिल्ला कोटइमाई गाउँपालिका– २ घर भई तानसेन नगरपालिका– ६ स्थित खानेपानी योजनामा काम गर्दै आएका १८ वर्षीय किसमोहन लोध र गैडहवा गाउँपालिका– ६ घर भई सोही योजनामा काम गर्ने ५६ वर्षीय महताम लोध रहेका छन् ।

पीडितलाई आरोपितद्धयले चैत १४ गते घर नजिकै खोल्सामा लगेर बलात्कार गरेको भन्दै पीडित पक्षले चैत १५ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दिएका थिए ।

उजुरीका आधारमा आरोपित दुबै जनालाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बिरेन्द्र थापाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत १५ गते पाल्पा अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो