INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत उत्तरपदेश, रामपुर घर भई हाल धनगढी उपमहानगरपालिका—१३ मोहनपुरमा डेरा गरी बस्ने ५० वर्षीय रिजवान खानलाई चैत १४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले विस्कुट खान बोलाएर कोठा भित्र लगेर बलात्कार गरेको जानकारी पाएपछि अरोपित विरुद्ध उजुरी दिएको पीडितकी आमाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई घरबाट गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका मुद्दा शाखाका सई मोहनबहादुर सिंहले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत १४ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको पीडित बालिकाकी आमाले बताउनु भयो ।

अन्य

भिडियो