INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचबिखन र गर्भपतन कसुरमा १३ वर्ष कैद सजाय फैसला

२० वर्षीया महिलालाई मानव बेचबिखन र ओसारपसार तथा गर्भपतन गरेको कसुरमा जिल्ला अदालत चितवनले धादिङ निलकण्ठ नगरपालिका-११ घर भई हाल जिल्ला चितवन भरतपुर नगरपालिका-९ पारस बसपार्कमा धादिङ गेष्ट हाउस सञ्चालन गरी बस्ने ४० वर्षीय केशव लामिछानेलाई १३ वर्ष कैद सजाय हुने फैसला गरेको छ ।

न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले ०७९ चैत १५ गते लामिछानेलाई १३ वर्ष कैद सजाय र एक लाख २५ हजार रुपैयाँ क्षतिपुर्ति भराउने फैसला गरेको चितवन अदालतका श्रेष्तेदार इश्वर आचार्यले बताउनु भयो ।

होटलमा ग्राहकहरूसँग यौन सम्पर्क गर्न लगाएकोमा गर्भवती भएको र लामिछानेले गर्भपतन गर्नुपर्छ भनी दवाव दिएको पीडितले जाहेरीमा उल्लेख गर्नु भएको थियो ।

पीडित महिला आफैले मङ्सिर १६ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिनु भएको थियो ।

लामिछाने मङ्सिर १५ गते गिरफ्तार भएका थिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण मङ्सिर १६ गते भरतपुर अस्पतालमा भयो ।

यिनै प्रतिवादी उपर अर्को पीडितले पनि सोही मितिमा चितवन प्रहरीमा जाहेरी दिनु भएको थियो । सञ्चालक लामिछानेले प्रलोभनमा पारी उक्त होटलमा आउने ग्राहकसँग यौन सम्पर्क गर्न लगाई पैसा लिने गरेको भनी मङ्सिर १६ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिनु भएको थियो ।

यस घटनामा १० वर्ष कैद सजाय, ७५ हजार रुपैयाँ क्षतिपुर्ति र १० हजार जरिवाना भराउने फैसला भएको जिल्ला अदालतका श्रेष्तेदार इश्वर आचार्यले बताउनु भयो ।

अन्य

भिडियो