सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय विष्णुबहादुर रानाभाटलाई ०७९ चैत १२ गते दुई महिना कैद सजाय हुने फैसला गरेको छ ।
चितवन अदालतका श्रेष्तेदार इश्वर आचार्यका अनुसार रानाभाटले बालिकालाई ०७९ मङ्सिर २२ गते यौन दुर्व्यवहार गरेका थिए ।
पीडित पक्षले मङ्सिर २४ गते इलाका प्रहरी कार्यालय रत्ननगरमा उजुरी दिएका थिए ।
बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर २४ गते भरतपुर अस्पतालमा भएको थियो । रानाभाट सोही दिन गिरफ्तार भएका हुन् ।
प्रहरीले जिल्ला अदालतमा पुस २१ गते मुद्दा दर्ता गरेकोमा सोही दिन न्यायाधीश रितेन्द्र थापाको इजलासको आदेशले ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए ।