३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ ।
आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले चैत ८ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए ।
घटनालगत्तै भागेका आरोपितलाई प्रहरीले गिरफ्तार गरी अनुसन्धान थालेको इलाका प्रहरी कार्यालयका डिएसपी पुष्पराज मल्लले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत ८ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ ।