INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्रकारलाई मार्ने धम्की घटनाका आरोपित गिरफ्तार

महेन्द्रनगर पोष्ट दैनिकका सञ्चालक पत्रकार टेकसिंह धामीलाई चैत ९ गते फोन गरेर मार्ने धम्की दिएको आरोपमा प्रहरीले नेपाल विद्यार्थी संघका कार्यकर्ता ओमप्रकाश अवस्थीलाई चैत १० गते गिरफ्तार गरेको छ ।

समाचारको विषयलाई लिएर आफूलाई चैत ९ गते फोन गरेर गालिगचौज गर्दै टाउँको फुटाइ दिने भन्दै धम्की दिएपछि आरोपित विरुद्ध चैत ९ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएको पीडित पत्रकार धामीले बताउनु भयो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी घटनाबारे अनुसन्धान  भइरहेको जिल्ला कार्यालय, कैलालीका डिएसपी कुलदिप चन्दले बताउनु भयो ।

घटनाको निन्दा गर्दै पत्रकार महासंघ, कैलालीले चैत १० गते विज्ञप्ती जारी गर्दै घटनामा संलग्नलाई कार्वाहीको माग गरेको छ ।

अन्य

भिडियो