११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा ३३ वर्षीय आफ्नै बुबालाई चितवन जिल्ला अदालतले जन्मकैद सजाय हुने फैसला सुनाएको छ ।
चितवन जिल्ला अदालतका न्यायाधीस उद्धवप्रसाद भट्टराईको ०७९ चैत ७ गतेको इजलासले आफ्नै छोरीलाई घरमै बलात्कार गर्दै आएको बुबालाई जन्मकैद सजाय र एक लाख रुपैयाँ क्षतिपुर्ति हुने फैसला सुनाएको जिल्ला अदालतका श्रेस्तेदार ईश्वर आचार्यले जानकारी दिनुभयो ।
बुबाविरुद्ध आफन्तले ०७८ भदौ २ गते इलाका प्रहरी कार्यालय रत्ननगरमा उजुरी दिएका थिए ।
बालिकाको स्वास्थ्य परीक्षण भदौ ३ गते भरतपुर अस्पतालमा भएको थियो ।
आफन्तको उजुरीको आधारमा प्रहरीले ०७८ भदौ २४ गते हाडनातामा जबरजस्ती करणी भएको भन्दै अदालतमा मुद्दा दर्ता गरेकोमा अदालतको आदेशले भदौ २५ गते पूर्पक्षका लागि थुनामा गएका थिए ।