INSEC Online

📅 २०८३ जेष्ठ २१

एक वर्षदेखि घरमै बाँधेर राखेको अवस्थामा वृद्धाको उद्धार

मानसिक सन्तुलन गुमाएपछि एक वर्षदेखि घरमै बाँधेर राखिएकी टोखा नगरपालिका वडा नं ७ की करिब ६५ वर्षीया कान्छी तामाङलाई उद्धार गरिएको राससले जनाएको छ ।

प्राप्त सूचनाका आधारमा महिला बालबालिका कार्यालयलगायतका सङ्घसंस्था मानव अधिकारकर्मी, सामाजिक अभियन्तासहितको टोलीले जेठ २५ गते उद्धार गरी मानव सेवा आश्रमलाई जिम्मा लगाएको हो ।

“मानसिक अवस्था गुमाएपछि भाग्ने डरले एक वर्षदेखि परिवारले कुर्चीमा डोरीले बाँधेर राख्दै आएका थिए, दिसापिसाब पनि बसेकै ठाउँमा गराउँदै आएका छन् ।”- तामाङकी छिमेकी वसन्ती रानाभाटले भनिन् ।

उद्धारका लागि टोली त्यहाँपुग्दा तामाङको घरमा कोही नभएपछि टोलीले वडाध्यक्ष र स्थानीयबासीको सहभागितामा उद्धार गरेको हो ।

अन्य

भिडियो