१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गढीमाई नगरपालिका—९ इनर्वाका २१ वर्षीय सुबोध गोसाइँ ०७९ फागुन ३० गते गरुडा बजारबाट गिरफ्तार भएका छन् ।
आरोपितले पीडित बालिकालाई ०७९ मङ्सिर ८ गते बलात्कार गरेका हुन् ।
आरोपित विरुद्ध पीडितका दाजुले ०७९ माघ १३ गते इलाका प्रहरी कार्यालय गरुडामा उजुरी दिएका हुन् र माघ १४ गते जबरजस्ती करणी शिर्षकमा उजुरी दर्ता भएको डिएसपी श्रेत्रीलाल कामतीले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल गौरमा ०७९ माघ १३ गते भयो ।