INSEC Online

📅 २०८३ जेष्ठ २१

सिभिक स्पेश बढाउनु पर्नेमा सरोकारवालाको जोड

पछिल्ला दिनहरूमा सिभिक स्पेश खुम्चँदै आएकोप्रति चिन्ता व्यक्त गर्दै सिभिक स्पेश बढाउनु पर्ने ललितपुरमा आयोजित एक कार्यक्रममा मानव अधिकारकर्मी एवम् सरोकारवालाले जोड दिएका छन् ।

इन्सेकलगायतका संस्थाहरूले चैत १ गते ललितपुरमा आयोजना गरेको मानव अधिकार, सिभिक स्पेश र मानव अधिकार रक्षक तथा सामजिक अभियन्ताहरूको अधिकार विषयक कार्यशालामा सो विषयमा सरोकारवालाले जोड दिएका हुन् ।

कार्यक्रममा गैर सरकारी संस्था महासङ्घ नेपालका अध्यक्ष राम सुवेदीले मानव अधिकारको अवस्थामा सुधारको आवश्यकता औँल्याउँदै सिभिक स्पेश बढाउनु पर्ने बताउनु भयो ।

photo20230315lalitpur

इन्सेक केन्द्रीय कार्यालयका कृष्ण गौतमले मानव अधिकार रक्षकको अधिकार संरक्षाणका लागि नागरिक समाजको एकता जरूरी रहेको बताउनु भयो ।

मानव अधिकार एलाइन्सकी उपाध्यक्ष सुनिता शर्माले सिभिक स्पेश सङ्कुचित भएका कारण नागरिक संस्था समस्यामा पर्दै आएको बताउनु भएको छ ।

photo20230315lalitpur (1)

अन्य

भिडियो